काँग्रेसको विधान संशोधन मस्यौदाका सुझावमाथि छलफल हुँदै
-सन्देश दैनिक संवाददाता
नेपाली काङ्ग्रेसले सात वटै प्रदेशबाट प्राप्त विधान संशोधनको मस्यौदाउपरका राय सुझावमाथि आजदेखि छलफल प्रारम्भ गर्दैछ । विधान संशोधन मस्यौदा समितिको बुधवार बसको बैठकले सो निर्णय गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिनुभयो । विधान संशोधन मस्यौदामाथि राय सुझाव लिन सम्बन्धित प्रदेशमा खटिनुभएका विधान संशोधन मस्यौदा समितिका सदस्यबाट तयार गरेको आआफ्नो प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको छ । समितिका संयोजक एवं काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त...

