हुम्लामा २५ केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइयो

हुम्लाको नाम्खा गाउँपालिका ६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ। ३४ मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम आइपुगेका छैनन्। लिमिको तिल गाउँ स्थित हिमशिखर आधारभूत  विद्यालय मतदान केन्द्र हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय मतदान केन्द्र र जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो। जिल्लाका ५९ वटा मतदान केन्द्र मध्ये २५ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका...

हुम्लाको दक्षिण भेगमा भाइरल ज्वरोका बिरामी बढे

सिमकोट–हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ । दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देशभरि फैलिनुभन्दा केही महिनायता उक्त बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । माघ महिना सकिएर फागुन लागेयता यस क्षेत्रमा बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि जिल्लाभरका स्वास्थ्यचौकीमा उपचार गर्न जाने बिरामीको घुइँचो...

हुम्लामा वर्षकै ठूलो हिमपात

शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।  एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए । उनले भने “यस वर्षकै ठूलो हिमपात भयो ।  घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा...

चिसोका कारण हुम्लाका विद्यालयमा पठनपाठन बन्द

सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ। चिसो अत्यधिक बढेसँगै यहाँका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन्। जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन्। जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन्। सिमकोट गाउँपालिकाले यसअघि नै आफ्ना माताहतमा रहेका निजी तथा सामुदायिक विद्यालयलाई...

हुम्लामा हिमपातले जनजीवन कष्टकर

कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रत्न भण्डारीले बताए । उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ । सदरमुकाम...

यसरी भयाे हुम्लामा जहाज दुर्घटना

सुर्खेतबाट बिहान ६ बजेर १२ मिनेटमा उेडको मकालु एयरको ९ एन ए जे यु को जहाज ४ घण्टापछि दुर्घटना भएको छ। हुम्लाको खार्पुनाथको २ मा थाली र राया गाउँको बाहुन खर्कको पहाडमा ठोकिएर दुर्घटना भएको सिमकोट विमानस्थलका सहायक प्रमुख राजु महतोले बताए। दुर्घटनास्थल १२८०० फिटभन्दा अग्लो पहाडमा खराब मौसमकै कारणले ठोकिएर दुर्घटना भएको हो। हेलिकोप्टरले टुर्घटना भएको ठाउँ चार घण्टापछि पत्ता लगाएको थियो। दुर्घटनामा चालक दलका सदस्य किरण भट्टराई र सहचालक...