हुम्लाको नाम्खा गाउँपालिकालाई चिनियाँ सहयोग

हुम्लाको उत्तरी सीमामा जोडिएको नाम्खा गाउँपालिकालाई चीनले तीन लाख युआन बराबरको निर्माण सामग्री सहयोग गरेको छ । चीनको स्वसाशित क्षेत्र तिब्बतको पुराङ्गकान्ट्रीले नाम्खा गाउँपालिकालाई सो सहयोग गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । आफ्ना भू–भागसँग सिमाना जोडिएका नेपाली जिल्लाका लागि हरेक वर्ष विभिन्न किसिमका सहयोग दिँदै आइरहेको चीन सरकारले यस वर्ष पनि वस्तुगत सहायताअन्तर्गत गाउँपालिकामा स्वास्थ्य भवन निर्माणका लागि जस्तापाता, फलाम रड, सरीया, सिमेन्ट ग्याबिन तारलगायतका सामग्री उपलब्ध गराएको हो । नाम्खा...