काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’

‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई नेपालको राष्ट्रिय जलवायु सप्ताहका रूपमा काठमाडौँमा ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ आयोजना गरिने भएको छ ।  यसको मुख्य उद्देश्य काठमाडौंलाई दक्षिण एसियामा जलवायु संवाद, सहकार्य र कार्ययोजनाको प्रमुख मञ्चका रूपमा स्थापित गर्नु रहेको छ । नेपालमा जलवायु कार्य तथा जलवायु-उत्तरदायी सुशासनलाई थप सुदृढ बनाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाको सहकार्य र साझेदारीमा यो विशेष कार्यक्रम आयोजना गरिँदै छ ।  कार्यक्रमले नागरिक समाज, युवा सञ्जाल,...

नेपाल–भारत थिंक ट्यांक फोरम’ सम्पन्न

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरण’ विषयक नेपाल–भारत थिंक ट्यांक फोरम सम्पन्न भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल र भारतका प्रमुख थिंक ट्यांकका वरिष्ठ विज्ञ तथा सुरक्षा विश्लेषकहरूको सहभागिता थियो । कार्यक्रममा भारतको सबैभन्दा पुरानो थिंक ट्यांक ‘युनाइटेड सर्भिस इन्स्टिच्युट अफ इन्डिया’का महानिर्देशक (सेवानिवृत्त) उप–एडमिरल सञ्जय जसजीत सिंहले नेपालीहरूको साहस र वीरता भारतीय सैन्य शक्ति तथा राष्ट्रिय सुरक्षाको अग्रपंक्तिमा रहँदै आएको उल्लेख गरे । उनले अग्निवीर योजना नेपाली नागरिकका लागि...

अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान

अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास शनिबार शान्त र सुनसान देखिएको छ। बिहान सबेरै गरिएको सैन्य कारबाहीपछि विस्फोटको गन्ध अझै शहरभर फैलिएको थियो भने त्रसित बासिन्दाहरू घटनाको असर बुझ्ने प्रयासमा देखिन्थे । राष्ट्रपति निकोलस मादुरोका केही सय समर्थकहरू उनको रिहाइको माग गर्दै जम्मा भए पनि त्यसबाहेक शहरका अधिकांश सडकहरू अस्वाभाविक रूपमा खाली थिए। ६० लाख जनसंख्या भएको शहरकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटले निद्राबाट उछिट्टिएको अनुभव सुनाउँदै आफू...

अब अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने

सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाटै हुने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । ‘छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने निर्णय भएको छ,’ सञ्चारमन्त्री खरेलले भने । यसको मतलब अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन...

आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न

नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्नगेजमेन्ट (नाइस) ले ‘दक्षिण एशियामा आतंकवादः क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती’ विषयक उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न गरेको छ। कार्यक्रममा राष्ट्रपति कार्यालयका सल्लाहकार तथा पूर्व उद्योगमन्त्री सुनील बहादुर थापाले लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मद जस्ता समूहहरू जुन संयुक्त राष्ट्रसंघद्वारा घोषित आतङ्ककारी संगठनहरू भएकाले ती समूहहरूको अल-कायदासँग ऐतिहासिक सम्बन्ध रहेको र पाकिस्तानमा सञ्चालन भइरहेका कारण भारतमाथि मात्र नभई नेपाललाई पनि ट्रान्जिटको रूपमा प्रयोग गर्न सक्ने...

इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बालीनजिकै डुंगा पल्टिँदा कम्तीमा ६ जनाको मृत्यु भएको र धेरै जना बेपत्ता भएको जनाएको छ। उद्धार एजेन्सीका अनुसार डुंगामा ५३ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए।  स्थानीय समयअनुसार बुधबार राति ११:२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवांगीबाट बाली जाँदै गर्दा डुंगा डुबेको हो।  एजेन्सीले ३१ जनालाई उद्धार गरिएको बताएको छ। यद्यपि, धेरै रिपोर्टले डुंगामा आधिकारिक सूचीमा उल्लेखभन्दा बढी यात्रु बोकेको हुन सक्ने संकेत गरेका...

पियोर इनर्जीको शेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पियोर इनर्जीको आइपिओ सूचीकृत भएको छ। कम्पनीको ८० लाख कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरू (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्कासन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको ६४ लाख कित्ता सेयर गरी कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो। नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको ९६ रूपैयाँ ४५ पैसादेखि २८९...

इन्डो नेपाल सिएसआर समिट काठमाडौंमा सम्पन्न

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)  क्षेत्रलाई मजबुत बनाउन र नेपाल–भारतबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिफक्याप नेपालको आयोजना तथा ‘जी’ फाउन्डेशनको सहकार्यमा इन्डो-नेपाल सीएसआर समिट काठमाडौंमा सम्पन्न भएको छ । बिफक्याप नेपालको आयोजना तथा डीजेडआई फाउन्डेसनको सहकार्यमा सम्पन्न सम्मेलनमा कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपालमा सीएसआरका रकमहरु खर्च गर्ने सन्दर्भमा त्यति धेरै प्रभावकारी नभइरहेको र कर्पोरेट कम्पनीले यसलाई ध्यान दिन नसकेको बताइन् । उहाँले सिएसआरका कार्यक्रमहरुले...

व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रवेश गर्ने सबै साम्रगीमा नयाँ आयात कर (ट्यारिफ) लगाउने योजना सार्वजनिक गरेका छन् । यो दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यापारमा आएको सबैभन्दा ठूलो परिवर्तन रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विश्वका सबै अमेरिकी व्यापारिक साझेदारहरूका लागि १० प्रतिशत न्यूनतम आयात शुल्क लगाउने घोषणा गरे । बीबीसीका अनुसार यो व्यापार शुल्क अप्रिल ५ देखि लागु हुने बताइएको छ । यसबाहेक राष्ट्रपति ट्रम्पले अनुचित...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ, १४ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालसँग छलफल गरेको छ । मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अङ्कभन्दा नीतिगत रुपान्तरणलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले सङ्घीयताको मूल मर्म र भावना, सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार सङ्घमा रहेका कार्यक्रम तथा आयोजनाको हस्तान्तरण, तीनै तहका सरकारबीचको समन्वय र साझेदारीलाई...