P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

धुर्मुस सुन्तलीकाे फिल्म ‘सेन्टी भाइरस’ ले २ दिनमै कमायो यति

सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को फिल्म ‘सेन्टी भाइरस’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्न सफल भएको छ । शिवरात्रिको अवसर पारेर विदाको दिन रिलिज भएको यो फिल्मले पहिलो दिन नै उत्साहजनक व्यापार गरेको थियो ।

रामबाबु गुरुङ निर्देशित यो फिल्मले पहिलो दिन १ करोड १२ लाख क्स् कलेक्सन गरेको बताइएको छ । निर्माण टिमको दाबीअनुसार फिल्मले शुक्रवारको दिन यति कमाइ गरेको हो ।

शुक्रवार र शनिवार राजधानीका सिङ्गल थिएटरमा दर्शकको चाप थियो । फिल्म हेर्न दर्शक ओइरिएका थिए ।

फिल्मको शनिवारको व्यापार भने अझै बढी छ । विदाको दिन परेकाले पनि फिल्मले शनिवार आक्रामक व्यापार गरेको छ । निर्माण टिमको आँकडा अनुसार फिल्मले दोस्रो दिन १ करोड ३५ लाख कमाइ गरेको छ ।

फिल्मकै लागि भने सीताराम कट्टेल गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालास्थल, चितवनबाट काठमाडौं आएका छन् । शुक्रवार र शनिवारको आक्रामक भिडले धुर्मुस पनि हौसिएका छन् ।

दयाहाङ राई, विल्सन विक्रम राई, कुञ्जना घिमिरे, सीताराम कट्टेल लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म हास्य विधामा निर्माण भएको हो । फिल्मले समीक्षा भने राम्रो पाउन सकेको छैन ।

फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् भने कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
दक्षिण एसियाली कला प्रदर्शनी काठमाडौंमा सुरू
रियालिटी शो ‘महागफाडी’ निर्माणको घोषणा
अभिनेता सारुक ताम्राकारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि
ऐश्वर्या राई बच्चन कान्स फिल्म फेस्टिभलमा सहभागी भएपिछ पहिरनका कारण विवादमा
तीन वर्षपछि एकसाथ देखिए पल र आँचल
ज्यान मार्ने धम्कीपछि सलमानको घरअगाडि अस्थाई प्रहरी चौकी स्थापना, बढाइयो सुरक्षा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal