१४ वर्षमै यौन दुर्व्यवहारको सिकार भइन् आमिरकी छोरी इरा
प्रकाशीत मिती
कार्तिक १८ ,मुम्बई ।
मुम्बई । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान चलचित्र जगत्बाट टाढा भए पनि सामाजिक सन्जालमा निकै सक्रिय छिन् । केही साताअघि मात्रै उनले ‘विश्व मानसिक स्वास्थ्य दिवस’ को अवसरमा सामाजिक सन्जालमा आफू पनि डिप्रेसनमा परेको भन्दै एउटा भिडियो सेयर गरेकी थिइन् जसको निकै चर्चा भयो ।
हालै उनले सामाजिक सन्जालमा अर्को एउटा भिडियो सेयर गरेकी छिन् । भिडियोमा उनले आफ्नो जीवनसँग सम्बन्धित धेरै रहस्य खोलेकी छिन । पहिलो भिडियोमा आफू डिप्रेसनको सिकार भएको खुलाएपछि थुप्रैले उनलाई डिप्रेसनको कारण सोधेकामा उनले त्यसको जवाफ दिएकी छन् । इराका अनुसार उनी के कारणले डिप्रेसनको सिकार भएको हो आफूलाई थाहा नभएको बताउँछिन् ।
उनी कुनै कारणविनै उदास हुन थालिन् । सानोसानो कुरामा पनि रुन थालिन् । साथीहरु परिवार कोहीसँग पनि बोल्न र घुलमिल हुन बिस्तारै कम हुँदै गयो र उनी दिनरात आफ्नो कोठामा एक्लै बस्न रुचाउन थालिन् । यो सबै उनी १७ वर्षको उमेरबाट सुरु भएको पनि उनले भिडियोमा भनेकी छिन् ।
उनी अगाडि भन्छिन्, “म सानो हुँदा मेरो आमाबुबाको सम्बन्धविच्छेद भयो, तर त्यो कुराले मलाई त्यति असर गरेको थिएन । उहाँहरु आज पनि एक-अर्काको राम्रो साथी हुनुहुन्छ, परिवारिक अवस्था सामान्य छ । म ६ वर्षको हुँदा मलाई टीबी (रोग) लाग्यो । त्यो पनि म दु:खी हुनुपर्ने कुरा थिएन ।”
उनी अगाडि बढ्दै बालिक उमेरमै यौन शोषणको सिकार हुनुपरेको कुरा उल्लेख गर्दै भन्छिन्, “म १४ वर्षको हु्ँदा मलाई यौन दुर्व्यवहार गरिएको थियो । त्यो बेला मलाई के भइरहेको थियो भनेर थाहा थिएन । तर जब मैले थाहा पाएँ म त्यसबाट टाढा गएँ । मलाई नराम्रो लागेको थियो कि मैले यस्तो किन हुन दिएँ । तर त्यो पनि म डिप्रेसनमा जाने खालको कारण थिएन । मलाई गाह्रो भइरहेको छ तर म मेरो आमाबुबा र साथीहरुलाई यो बारे बताउन सक्दिनँ । किनभने यसको कारण म स्वयंलाई थाहा छैन ।” – नवभारत टाइम्स