P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सार्वजनिक नहुने भयो सलमान खानको ‘राधे’

बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’ सिनेमा हलबाट सार्वजनिक गर्ने भएका छन्। सलामान इन्स्टाग्राममार्फत फिल्म सिनेमा हलहरूबाट यही इदमा सार्वजनिक गर्ने पक्का गरेका हुन्। 

केही साताअघि भारतका ‘मल्टिपल एग्जिबिटर एसोसिएसन’ले सलमानलाई पत्रचार गरेका थिए। फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’लाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक नगर्न आग्रह गर्दै संघले सलमानलाई पत्र लेखेको हिन्दुस्तान टाइम्सले जनाएको थियो। 

कोरोना महामारी र लकडाउनका कारण फिल्म हल लामो समय बन्द रह्यो। फिल्म हल भर्खंरै पुनः सञ्चालन हुन थालेको छ। सलमानको फिल्म ‘राधे’ले फिल्म हलमा दर्शक फर्काउन सक्ने संघको विश्वास राखेको थियो। 

संघको अनुरोधपछि फिल्म सिनेमा घरबाट सन् २०२१ को ईदमा सार्वजनिक गर्ने निश्कर्षमा पुगेको सलमानले लेखेका छन्।

‘सबै सिनेमा घरका संचालकहरूसँग कुरा गर्न निकै लामो समय लगाएकोमा मलाई माफ गर्नुहोला। राधेलाई सिनेमा हलबाट रिलिज गर्ने मेरो लागि ठूलो निर्णय हो। हल र प्रदर्शकहरुले भोगिरहेको आर्थिक समस्याहरू मैले पनि बुझेको छु,’ सलमानले पोष्टमा लेखेका छन्, ‘त्यसैले म उहाँहरूलाई मद्दत गर्न चाहन्छु। फिल्म ‘राधे’ हलबाट सार्वजनिक हुनेछ। पहिले घोषणा गरेझैं यो २०२१ को इद मैं सार्वजनिक हुनेछ।’

‘तर हल संचालहरूलाई एउटा अनुरोध गर्न चाहन्छु। फिल्म हेर्न आउने दर्शकहरूको लागि सावधानी अपनाइयोस्। यो वर्ष फिल्म राधे सिनेमा हलबाट हेर्नुस् र रमाइलो गर्नुस्,’ उनले थप लेखेक छन्। 

सलमानले आफ्नो प्रोडक्सन हाउस ‘सलमान खान फिल्म्स’बाट निर्मित फिल्म ‘राधे’ जी स्टुडिओलाई भारू २ सय ३० करोड बेचेको खबर बाहिरिएसँगै संघले उनलाई पत्रचार गरेको थियो। 

प्रभु देवाको निर्देशन रहेको यो फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुडा, ज्याकी श्रफ, गौतम गुताटी लगायत कलाकारको अभिनय रहनेछ।

‘राधे’ कोरियन फिल्म ‘द आउटलस’ को रिमेक हो। यो सलमान खानकै सन् २००९ मा सार्वजनिक फिल्म ‘वान्टेड’को सिक्वेलको रूपमा पनि लिइएको छ। ‘राधेः योर मोष्ट वान्टेड भाइ’ सन् २०२१ को मेमा सार्वजनिक हुँदैछ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
दक्षिण एसियाली कला प्रदर्शनी काठमाडौंमा सुरू
रियालिटी शो ‘महागफाडी’ निर्माणको घोषणा
अभिनेता सारुक ताम्राकारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि
ऐश्वर्या राई बच्चन कान्स फिल्म फेस्टिभलमा सहभागी भएपिछ पहिरनका कारण विवादमा
तीन वर्षपछि एकसाथ देखिए पल र आँचल
ज्यान मार्ने धम्कीपछि सलमानको घरअगाडि अस्थाई प्रहरी चौकी स्थापना, बढाइयो सुरक्षा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal