पूर्वमन्त्री बस्नेतले गरे सांसद विकास कोषको पैसाबाट औषधि र अक्सिजन खरिद
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








सांसद विकास कोष (पूर्वाधार कार्यक्रम) अन्तर्गत रहेको १८ लाख रुपैयाँमा औषधि र अक्सिजन सिलिन्डर खरिद गर्नमा खर्च गरिने भएको छ ।
पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मंगलवार नै १८ लाख रुपैयाँको कार्यादेश पठाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए ।
कोषको रकमबाट ४० वटा सिलिन्डर, औषधि र अन्य स्वास्थ्य उपकरण पूर्वमन्त्री बस्नेतले पठाएको अधिकृत घर्तीले जानकारी दिए ।
ती सिलिन्डर सुर्खेतमा तयारी अवस्थामा राख्ने र आवश्यकता अनुसार अक्सिजन आपूर्तिमा परिचालन गर्नेे अधिकृत घर्तीले बताए ।
कोरोनाका कारण ठूलो संख्यामा स्थानीय बिरामी भई अक्सिजन नपाएर हैरान भएका बेला पूर्वमन्त्री बस्नेतको यो निर्णयले आफूहरू खुशी भएको घर्तीले बताए ।