P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौं : स्वास्थ्यमन्त्री पौडेल

  • प्रकाशीत मिती

    पुस १९, काठमाडौँ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराएको भएपनि व्यवस्थित नरहेको बताउनुभएको छ ।

शुक्रबार मन्त्रालयमा स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयद्वारा गठित सुधार समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

स्वास्थ्यमन्त्री पौडेलले वर्तमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएपनि आवश्यकताअनुसार नभएको बताउनुभयो । उहाँले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बीमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले लक्षित समूहले पूर्ण रुपमा लाभ लिनेगरी स्वास्थ्य बीमा अघि बढाउन जरुरी रहेको बताउनुभयो । स्वास्थ्य बीमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताउनुभयो ।

नेपालको बीमा प्रणालीलाई व्यवस्थित गर्ने विषयगत डकुमेण्ट प्राप्त भएको उल्लेख गर्दै सबै क्षेत्र समेटिने विषय प्रतिवेदनमा रहेको विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमा पाँच लाख पुयाउँदा कसरी श्रोत सुनिश्चितता गर्ने भन्नेकुरामा पनि प्रतिवेदनमा समेटिएको विश्वास व्यक्त गर्नुभयो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आवासीय चिकित्सकहरूको भत्ता बढाउन निजी मेडिकल कलेज सञ्चालक तयार
प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लैजाने मन्त्री पौडेल प्रतिबद्ध
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
यी हुन् काफलका फाइदा
सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सक अब निजी क्लिनिकमा संलग्न हुन नपाउने
ड्राइ फुडको राजा मानिने बहुगुणी काजुका फाइदा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal