P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

आवासीय चिकित्सकहरूको भत्ता बढाउन निजी मेडिकल कलेज सञ्चालक तयार

  • प्रकाशीत मिती

    बैशाख १५, काठमाडौँ ।

निजी मेडिकल कलेज सञ्चालकहरू चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णयबमोजिम आवासीय चिकित्सकहरूको निर्वाह भत्ता बढाउन तयार भएका छन्।

आयोगको १९औँ बैठक बस्नुअघि कलेज सञ्चालकहरूले निर्वाह भत्ता बढाउन तयार रहेको जनाएका हुन्।

आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजहरूले पनि सरकारीसरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ दिने निर्णय गरेको थियो। तर सो निर्णयको मेडिकल कलेजहरूले विरोध गरेका थिए।

निजी मेडिकल कलेजहरूको संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले आफूहरू सरकारीसरह निर्वाह भत्ता दिन तयार रहेको नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘हामी आवासीय चिकित्सकलाई सरकारले तोकेको ४८ हजार ७३७ रुपैयाँ दिन तयार छौँ, अब आयोगको १९औँ बैठक बस्दै छ। बैठकमा तोकिएबमोजिमको निर्वाह भत्ता दिन तयार भएको सूचना जानकारी गराउँछौँ।’

उनले ४८ हजार दिन तयार रहेको उल्लेख गर्दै आठौँ तह भनेर तोक्न नहुने बताए।

आठौँ तहबराबरको निर्वाह भत्ता पाउनुपर्ने माग राख्दै देशभरका निजी मेडिकलका आवासीय चिकित्सकहरु २५ दिनदेखि सेवा बहिष्कार गर्दै आएका छन्।

उनीहरू आन्दोलनमा उत्रिएपछि चिकित्सा शिक्षा आयोगको १८औँ बैठकमा एमबीबीएसको शुल्क र सिट बढाउन  शिक्षा सचिव डा. दीपक काफ्लेको संयोजत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

१६औँ बैठकको निर्णय कार्यान्वयन नगरेसम्म अन्य विषयमा छलफल नगर्ने भन्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावलले बैठकमा नजाने अडान लिएका थिए।

कमिटीको २  पटकको बैठक विषय प्रवेश नै नगरी सकिएको थियो।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लैजाने मन्त्री पौडेल प्रतिबद्ध
स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौं : स्वास्थ्यमन्त्री पौडेल
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
यी हुन् काफलका फाइदा
सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सक अब निजी क्लिनिकमा संलग्न हुन नपाउने
ड्राइ फुडको राजा मानिने बहुगुणी काजुका फाइदा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal