काठमाडौं। केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४–१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। एमबाप्पेले रियलबाट आफ्नो पहिलो सिजनमा केही खेलमा संघर्ष गरेका थिए। तर, अब उनले स्पेनिस पावरहाउसका लागि पछिल्ला चार खेलमा चार गोल गरेका छन्। एट्लेटिको मड्रिडलाई उछिन्दै लिगको शीर्ष स्थानमा पुगेको रियलले दोस्रो हाफमा अग्रता लियो। एमबाप्पेबाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे। शनिबार लेगानेससँग १–० ले पराजित...
काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ४५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ६९ औं मिनेटमा पेड्रीले गोल...
काठमाडौँ- स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रियलले मिडफिल्डर क्रुसलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ । कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा छन् । अब क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने छन् । क्रुसले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए । ...
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडामाथि जित २-० को निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा रियलले दोस्रो हाफमा कासेमिरोको गोलमा अग्रता बनाएको थियो। मार्को असेसिनोकोको पासमा कासेमिरोले खेलको ५७ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै खेलको अतिरिक्त समयलमा इस्कोको पासमा करिम बेन्जेमाले मड्रिडका लागि अर्को गोल थपे। र, मड्रिडले खेल २-० ले आफ्नो पक्षमा पार्यो। जितसँगै रियल...
एजेन्सी । च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस ला लिगा च्याम्पियन टोली रियल मड्रिडले आज (शुक्रबार) राति प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो लेगमा आफ्नै घरेलु मैदानमा सिटीसँग २-१ गोल अन्तरले पराजित भएको रियल दोस्रो लेगको खेल सिटीको घरेलु मैदानमा खेल्दै छ । ला लिगा च्याम्पियन भइसकेको रियल यो सिजन च्याम्पियन्स लिग पनि जित्ने योजनामा छ । पहिलो लेगमा पराजित भएको रियललाई दोस्रो लेगमा जित निकाल्ने मौका छ ।...
एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा रियल सिटीसँग २–१ गोल अन्तरले पराजित भएको हो । रियलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन ग्रावियल जिजस र केभिन डी ब्रुयनाले एक–एक गोल गरे । उता रियलका लागि इस्कोले एक गोल गरे । खेलमा सुरुआती अग्रता भने रियलले लिएको थियो । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो...
एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगामा बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले लिएको अग्रता जोगाृन नसक्दा बरारी खेल्दै अंक बाड्नु परेको हो । बराबरीसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने मौका गुमाएको छ । सेल्टाका लागि खेलको सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । ५२ औँ मिनेटमा टोनी क्रुसले रियलका लागि...
स्पेनिस ला लिगाको गएराति सम्पन्न खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । घरेलु मैदानमा मड्रिड डर्बीमा भएको खेलमा रियलले एट्लेटिकोविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेको हो । रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ५६ औं मिनेटमा बेन्जिमाले गोल गरेको गोल नै निर्णायक सावित भयो । जितसँगै शीर्ष स्थानको रियलले २२ खेलमा ४९ अंक जोडेको छ । रियल दोस्रो स्थानको बार्सिलोना...

