एजेन्सी । ‘कामसुत्र’का रचयिता वात्स्यायनभन्दा सयौँ वर्ष अघि ग्रीक साहित्यमा यौनको अवधारणामाथि व्यापाक वहस भएको थियो । ग्रीक दार्शनिक प्लेटोले यौनलाई ‘अरुमाथि अधिकार जमाउने आकाङ्क्षा’ भनेका छन् ।
ग्रीक नाटककार अरिस्टोफैन्सले ‘सिम्पोजियम’मा एउटा यस्तो समयको उल्लेख गरेका थिए जब मानव जगत आफैमा परिपूर्ण हुने गथ्र्यो र उसलाई अरु कसैको आवश्यकता पर्दैनथ्यो । यसको परिणाम मानिसहरु अत्यधिक शक्तिशाली भए र देवतालाई समेत चुनौती दिन लागे ।
तर देवताका राजा जिउसले मानिससँग लड्ने उपाय निकाले र मानवलाई पुरुष र स्त्री दुई भागमा बाँडिदिए । यसको नतिजा मानिस सिधा उभिन थाले र दुई खुट्टामा हिँड्न लागे । त्यस्तै तिनको अङ्ग विभाजित हुन लागे ।
प्लेटोको विचारमा हाम्रो यही अपुरोपनले हामीमा दोस्रो हिस्साको चाहना प्रबल भयो । प्लेटो सेक्सलाई पूर्णताको मागको रुपमा व्याख्या गर्छन् । हामी आफूसँग नभएका हरेक चीजलाई यही कारणले माया गर्छौँ । एक यस्तो समय पनि आयो जब सेक्सलाई अनावश्यक चीज भन्न थालियो र त्यो समयमा सेक्स खराब चीज भयो र सेक्सलाई पाप मान्न थालियो ।
सन् ३२५ क्याथोलिक चर्चले जब आफ्नो विधि बनायो तब त्यसमा ‘शरीर खराब चीज हो । शारीरिक सुख अनावश्यक कुरा हो र तिनको चाह गर्नु पाप भएको’ बतायो । सेक्सको एक मात्र उद्देश्य सिर्फ सन्तान जन्माउनु मात्र हो भनियो ।
लगभग त्यही समयतिर वात्स्यायन गङ्गाको तटमा बसेर कामसूत्र लेखिरहेका थिए । किताबमा वात्स्याननले यौनिक आनन्द मानिसको लागि धेरै ठूलो चीज हो भनेर व्याख्या गरेका थिए र त्यसलाई जीवनमा कसरी अघि बढाउने पनि उनले उल्लेख गरेका थिए ।