P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

उमेर नपुग्दै कपाल फुल्यो ? यसाे गर्नुहाेस् ।

कपाल फुल्नु वा सेतो हुनुको पछाडि विभिन्न कारणहरु हुनसक्छ । सामन्यतया उमेर जतिजति बढ्दै जान्छ त्यतिनै कपालको रंगमा ह्रास आउँदै जान्छ अथवा कपालको रंग खैरो वा सेतो हुँदै जान्छ । यो प्राकृतिक रुपमा हुने स्वभाविक प्रक्रिया हो ।

तरसानै उमेरमा कपालको रंग अस्वभाविक ढंगले परिवर्तन भएको छ वा हुन थालेको छ भने त्यसको पछाडि केही कारण वा समस्या छ भन्ने बुझ्नु पर्छ । तर समस्या छ भन्दैमा डराइहाल्नु भने पर्दैन ।समस्याको पहिचान गरी त्यसको उपचारमा लाग्ने हो भने त्यसलाई समाधान गर्न सकिन्छ ।

सामान्यतया १० देखि ३० प्रतिशत कपालको रंग प्रत्येक १० वर्षमा कम हुँदै (ह्रास आउँदै) जान्छ । कपालको रंगमा ह्रास आउँदै जादा सेतो हुने हो ।

हामी एशियालीहरुमा ३० वर्ष काटेपछि सेतो कपाल देखिन थाल्छ । यो प्रायजसो महिला पुरुष दुवैमा एउटै उमेरमा देखिन्छ । विभिन्न अनुसन्धानहरुले रुल अफ फिप्टी ९५०० लाई बाहिर ल्याएको छ । यो रुल अफ ५० भनेको संसारमा ५० प्रतिशत जनसंख्यामा ५० वर्षको उमेरमा ५० प्रतिशत कपाल फुलिसकेको हुन्छ भन्ने हो । पुरुषमा सबैभन्दा पहिला देखिने सेतो कपाल कन्चटमा र टाउकोको दायाँ बायाँ हो भने, टाउकोको पछाडीपट्टि सबैभन्दा पछि सेतो हुन्छ । त्यस्तै महिलाहरुमा टाउकोको दायाबायाँ पहिला सेतो देखिन्छ ।

हाम्रो शरीरभित्र निरन्तर रुपमा विभिन्न किसिमको मेटाबोलिक अक्सिडेटिव प्रक्रियाहरु चलिरहेको हुन्छ यसले विभिन्न तत्वहरु उत्पादन गर्ने गर्छ । जसले हाम्रो शरीरको मेलानोसाइटिस सेल्सलाई नष्ट गर्ने काम गर्छ । मेलानोसाइटिसको काम भनेको कपाललाई रंग दिनु हो । यसले हाम्रो कपाललाई कालो बनाउँन मद्दत गरेको हुन्छ । यो मेलानोसाइटिसको उत्पादन उमेर बढेसँगै घट्दै जान्छ । त्यही कारण उमेर बढेसँगै कपालको रंग सेतो हुँदै जान्छ । जब कुनै कारणवश सानै उमेरमा मेलानिनको उत्पादनमा अवरोध आयो भने कपाल उमेर नपुग्दै सेतो भइदिन्छ ।

कालो कपाल

कालो कपालको आफ्नै फाइदाहरु छन् । कालो कपालले मानिसको व्यक्तित्वमा एउटा प्रभाव पारिरहेको हुन्छ भने मानिसको आत्मविश्वासमा पनि यसले काम गरिरहेको हुन्छ ।

कालो कपालले हाम्रो छालालाई घामबाट जोगाउन मद्दत पनि गरिरहेको हुन्छ । त्यस्तै यसले विभिन्न संक्रमणबाट पनि बचाउन सहयोग गर्छ । कपालले शरीरका केही अंगहरुलाई ढाकेर त्यस क्षेत्रलाई सुरक्षा प्रदान गरिरहेको हुन्छ ।
कालो र सेतो कपालमा के फरक छ रु

सेतो कपालको वृद्धि र विकास निकै छिटो हुन्छ । यसको विकास कालोको तुलनामा चार गुणा छिटो हुन्छ ।

कालो कपाल रंगाउन पर्यो भने सामान्य रंगले रंगाउन सकिन्छ भने सेतो कपाल रंगाउन कडाखालको रंगहरुको प्रयोग गर्नुपर्छ । वास्तवमा यस्ता रंगहरु रासायनिक पदार्थले बनेको हुनाले त्यो कपाल र छालाको लागि हानिकारक हुन्छ । त्यसले दीर्घकालीन असर पनि गरिरहेको हुन्छ ।

सेतो कपाल देखिने उमेर र कारण

सामान्यतया ३० वर्षपछि कपाल सेतो देखिन थाल्यो भने यो समान्य मान्नुपर्छ तर ३० वर्ष पहिले नै सेतो कपाल देखियो भने त्यसलाई अस्वभाविक अवस्था मान्नुपर्छ । यसलाई ‘प्रि मेच्युअर ग्रे अफ हेयर’ भनिन्छ । सेतो कपाल हुनुको पछाडि धेरै कारणहरु हुन्छन् ।

मुख्यतया सानै उमेरमा कपाल फुल्यो भने त्यसको पछाडि वंशानुगत कारण हुन सक्छ । यसवाहेक पनि अरु धेरै कारणहरु छन् ।

पोषणको कमीले पनि कपाल फुल्ने समस्या हुन्छ । त्यसैगरी, भिटामिनहरु जस्तोः भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुँदा कपाल फुल्न सक्छ । यसबाहेक निम्न कारणले पनि उमेर नपुग्दै कपाल फुल्न सक्छः
–दीर्घरोग र औषधीको सेवन
–रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तन हुनु
–एजिङ अर्थात बढ्दो उमेर
–पेटको गडबडी
–मदिरा, धुमपान, जंक फूड आदिको सेवन
–जथाभावी रासायनिक पदार्थको प्रयोग
–प्रदूषण
–मानसिक तनाव अर्थात डिप्रेसन
यी कारणहरु मध्ये कुनै पनि कारणबाट कपाल सेतो हुन सक्छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आवासीय चिकित्सकहरूको भत्ता बढाउन निजी मेडिकल कलेज सञ्चालक तयार
प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लैजाने मन्त्री पौडेल प्रतिबद्ध
स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौं : स्वास्थ्यमन्त्री पौडेल
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
यी हुन् काफलका फाइदा
सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सक अब निजी क्लिनिकमा संलग्न हुन नपाउने

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal