P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

धुम्रपान छोड्न तीन उपाय

  • प्रकाशीत मिती

    माघ २७, काठमाडाै‌ ।

धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ । यसले हाम्रो छाला, कपालको साथसाथै मानसिक र शारीरिक स्वास्थ्यलाई समेत प्रभावित पार्छ । कुनै घटनाबाट सुरु हुने धुम्रपान गर्ने बानी कतिबेला लत बन्छ यो सेवन गर्ने व्यक्तिलाई थाहा नै हुँदैन ।

यो सजिल्यै छोड्न सकिने लत होइन । धुम्रपान छोड्नको लागि निकै कठोर निश्चय र दृढताको आवश्यकता पर्छ । धुम्रपानको कारण फोक्सोको क्यान्सर जस्ता थुप्रै प्राणघातक रोगहरु लाग्न सक्छन् ।

यदि स्वस्थ रहन र लामो आयु बाँच्न चाहानुहुन्छ र धुम्रपान छोड्न चाहानुहुन्छ भने सबैभन्दा पहिले धुम्रपान लत हो भन्ने तथ्यलाई स्वीकार गर्नुपर्छ । त्यसपछि छोड्ने बारेमा योजना बनाउनुपर्छ । धुम्रपानको लत लागेको लामो समय भएको छैन भने तपाईंले त्यो लतलाई विस्तारै छोड्न सक्नुहुन्छ तर यदि तपाईं चेन स्मोकर हो भने डाक्टरको सल्लाह तुरुन्तै लिन आवश्यक छ ।

धुम्रपान छोड्नको लागि परिवार र साथीभाईको सहयोग लिनुपर्छ । धुम्रपानबाट छुटकारा पाउनको लागि सहकर्मीसँग कुराकानी गर्नुपर्छ र उनीहरुको पनि मद्दत लिनुपर्छ । त्यसैगरी धुम्रपान गर्ने संगतबाट टाढा रहनुपर्छ ।

त्यतिमात्र होइन, कहिले काँही मानिसहरु भावनात्मक आवश्यकता पूरा गर्नको लागि पनि धुम्रपान गर्ने बानी लागेको हुनसक्छ । त्यसको लागि एक्लै बस्ने गर्नुहुँदैन । आफ्नो नजिकको मान्छेलाई आफ्ना भावनाहरु सेयर गर्ने र धुम्रपानलाई वेवास्ता गर्ने गर्नुपर्छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आवासीय चिकित्सकहरूको भत्ता बढाउन निजी मेडिकल कलेज सञ्चालक तयार
प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लैजाने मन्त्री पौडेल प्रतिबद्ध
स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौं : स्वास्थ्यमन्त्री पौडेल
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
यी हुन् काफलका फाइदा
सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सक अब निजी क्लिनिकमा संलग्न हुन नपाउने

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal