डब्ल्यूएचओलाई कुनै भ्याक्सिनबाट खासै आशा किन छैन ?
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एडोनोम गेब्रिएससले कोभिड–१९ को भ्याक्सिन बनिहाले पनि अहिले यसको कुनै अचूक औषधी नभएको र सायद कहिल्यै पनि नबन्न सक्ने बताएका छन् ।
टेड्रोसले यसअघि पनि सायद कोरोनाभाइरस कहिल्यै समाप्त नहुने र यससँगै हामीले बाँच्न सिक्नुपर्छ बताइसकेका छन् । यसअघि टेड्रोसले कोरोना बहुरुपी भएकोले यो अन्य भाइसभन्दा पूर्ण रुपमा अलग भएको जानकारी दिएका छन् । डब्ल्यूएचओका प्रमुखले मौसममा परिवर्तन हुँदा कोरोनामा कुनै असर नपर्ने बताएका छन् किनभने कोरोना मौसमी रोग होइन ।
डा. टेड्रोसले संसारभरीका मानिसहरुले कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दुरी, राम्रोसँग हात धुने र मास्क लगाउने नियम अपनाइरहेका छन् र यसलाई भविष्यमा पनि जारी राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
हालसम्म संसारभरी एक करोड ८१ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । यस्तै मृतकको संख्या पनि ६ लाख ८९ हजार पुगिसकेको छ ।
डा. टेड्रोसले भने, ‘थुप्रै भ्याक्सिन तेस्रो चरणको ट्रायलमा छ र हामीलाई आशा छ कि कुनै एक भ्याक्सिनले मानिसहरुलाई संक्रमणबाट जोगाउन प्रभावकारी साबित हुनेछ । यद्यपि, अहिले यसको कुनै अचुक औषधी छैन र यो कहिले पनि नभेटिने सम्भावना पनि छ । यस्तोमा हामी कोरोनाको परीक्षण, आइसोलेशन र मास्कमार्फत् रोक्ने काम जारी राख्नेछौं ।’
डा. टेड्रोसले कोरोना संदिग्ध वा कोरोनाद्वारा संक्रमित आमाहरुले आफ्नो शिशुलाई स्तनपान गराउन रोक्न नहुने पनि जानकारी दिएका छन् ।
डाक्टर टेड्रोसले जून महिनामा भनेका थिए, ‘हामीलाई यो थाहा छ कि ठूलाको तुलनामा बच्चामा कोभिड–१९ को जोखिम कम हुन्छ तर अन्य यस्ता थुप्रै रोग छन् जसका कारण बालबालिकालाई अत्यधिक खतरा हुनसक्छ र स्तनपानले नै यस्ता रोगबाट जोगाउन सक्छ । प्राप्त प्रमाणका आधारमा संगठनले भाइरस संक्रमणको जोखिमबाट स्तनपानका फाइदा अत्यधिक छन् भन्ने सल्लाह दिन्छ ।’
उनले भनेका थिए, ‘जुन आमालाई कोरोना संक्रमित भएको हो कि भन्ने शंका छ वा जसको संक्रमण पुष्टि भइसकेको छ, उनीहरुलाई आफ्नो शिशुलाई स्तनपान गराउनका लागि उत्साहित गर्नुपर्छ । यदि आमाको स्वास्थ्य असाध्यै धेरै खराब भएको छैन भने नवजातलाई आमाबाट टाढा राख्नु हुँदैन ।’ स्रोत