P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नवजात शिशुलाई अब भिटामिन के

  • प्रकाशीत मिती

    भदौ १५, काठमाडौं ।

सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान)  दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ । ‘भिटामिन के’ को नाम (के वान)  राखिएको छ । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले रगतको मात्रा कमी हुन नदिनका लागि यस आर्थिक वर्षदेखि ‘भिटामिन के’ दिन थालिएको जानकारी दिए । दुई वर्षअघिदेखि कम तौल भएको शिशुलाई मात्र दिंँदै आएको सो भिटामिन अब जन्मिने सबै शिशुलाई दिन थालिएको हो । साउनदेखि नै शुरु गर्ने भनिएको कोभिड—१९ को कारणले ‘भिटामिन के’ कार्यक्रम लागू गर्न नसकिएको उनले बताए । 

उनले शिशुमा रगत जमाउने तत्व कम हुने र यसले गर्दा रक्तस्राव भई शिशुको मृत्युदर पनि बढ्ने भएकाले रगत जमाउने तत्वको काम गर्न ‘भिटामिन के’ दिन थालिएको बताए । जन्मिना साथ आमाको दूध चुसोपछि सुईमार्फत शिशुलाई ‘भिटामिन के’ दिनुपर्दछ । नवजात शिशुमा ‘भिटामिन के’ को मात्रा कमी हुन्छ र सोही कारणले बच्चामा कुनै चोटपटक लागेमा रक्तस्राव बढी भई मृत्युसमेत हुने गर्छ ।

‘भिटामिन के वान’ मानिसमा दुई प्रकारले, खानाको मध्यम तथा आान्द्राभित्र रहेका ब्याक्टेरियाबाट प्राप्त हुन्छ । “नवजात शिशुले खाने खाना आमाको दूधबाट प्राप्त हुने ‘भिटामिन के’ रक्तस्राप रोक्न प्रयाप्त हुँदैन भने नवजात शिशुमा आन्द्राभित्र रहेका ब्याक्टेरिया पनि सक्रिय रुपमा नहुने हुँदा शिशुमा ‘भिटामिन के’ को कमी हुन्छ”, उनले भने, “सो अवस्थामा ‘भिटामिन के’ मा निर्भर भई रगत जम्न सहयोग गर्ने तत्वको पनि कमी भई शरीरमा कुनै कारणले चोटपटक हुन गएमा रक्तस्राव भइरहने हुन सक्छ । रक्तस्राव रोक्न ‘भिटामिन के’ दिन थालिएको हो ।”

उनका अनुसार यसै आवदेखि ६ लाख २० हजार नवजात शिशुका लागि ‘भिटामिन के’ दिइने छ । अन्तरराष्ट्रिय तथ्याङ्कमा जन्मेको पहिलो हप्तामा ६० देखि २५० नवजात शिशुमध्ये एकजनामा रक्तस्राव र जन्मेको दुईदेखि १२ हप्तामा १४ हजारदेखि २५ हजार नवजात शिशुमध्ये एक जनामा रक्तस्राव हुने गरेको देखिएको छ । 

रक्तस्राबबाट शिशुहरुको मृत्युसमेत हुने गरेको हुँदा रक्तस्राव समस्याको न्यूनीकरण गरि शिशुको स्वास्थ्य रक्षा गर्न आवश्यक देखिएकाले निःशुल्क रुपमा ‘भिटामिन के’ दिन थालिएको हो । उनका अनुसार आमा सुरक्षा कार्यक्रमअन्तर्गत रहेर ‘भिटामिन के’ कार्यक्रम सञ्चालन गर्न थालिएको हो । 

शिशुको जन्म तौल एक किलोभन्दा माथि भए एक मिलिग्राम र एक किलोभन्दा कम छ भने ०.५ मिलिग्राम दिइनेछ । ‘भिटामिन के’ दिनका लागि सबै प्रदेशले बजेट र निर्देशिका पठाइसकेको खोप शाखा प्रमुख डा.गौतमले जानकारी दिए । प्रदेश नं. १ ले रु ३८ लाख ५४ हजार, प्रदेश नंं २ ले रु ४२ लाख ६६ हजार, वाग्मतीले रु ५४ लाख ८३ हजार, गण्डकीले रु ३१ लाख ६४ हजार, कर्णालीले रु २७ लाख ७७ हजार र सुदूरपश्चिम प्रदेशले रु ३८ लाख ३० हजार बजेट ‘भिटामिन के’ का लागि विनियोजन गरेका छन् । विनियोजन बजेटबाट ‘भिटामिन के’ र एक एमएल बरावरको सुई खरिद गर्ने छन् ।
 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आवासीय चिकित्सकहरूको भत्ता बढाउन निजी मेडिकल कलेज सञ्चालक तयार
प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लैजाने मन्त्री पौडेल प्रतिबद्ध
स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौं : स्वास्थ्यमन्त्री पौडेल
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
यी हुन् काफलका फाइदा
सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सक अब निजी क्लिनिकमा संलग्न हुन नपाउने

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal