P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

के दुधले पनि स्वास्थ्यमा नकारात्मक असर पार्छ ? के भन्छन् विज्ञ ?

  • प्रकाशीत मिती

    माघ १५, काठमाडौं ।

दुध पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दुधमा क्याल्सियम, प्रोटिन, भिटामिन डी, पोटासियमसमेत विभिन्न पोषक तत्व पाइन्छ । दुधलाई सधैं स्वास्थ्य, बलियो र शारीरिक विकाससँग जोडेर हेर्ने गरिन्छ । बलियो हड्डीका लागि पनि दुध आवश्यक मानिन्छ । 

यद्यपि, शोधकर्ताको यो कुरामा एकमत छैन । उनीहरुका अनुसार दुधलाई एक सुपरफूडको रुपमा हेरिनु सही होइन । शोधकर्ताका अनुसार दुध पिउनु स्वास्थ्यका लागि फाइदाजनक त छ तर आवश्यकता भन्दा बढी पिउँदा यसका हानी पनि छन् । 

अमेरिकाको स्ट्यानफोर्ड प्रिभेन्सन रिसर्च सेन्टर फरका प्राध्यापक तथा न्यूट्रिशन शोधकर्ता क्रिस्टोफर गाडनरले डिस्कभरी म्यागजिनलाई भने, ‘दुग्धजन्य पदार्थ यस्ता कुनै पनि अनौठा पोषक तत्व छैनन् जुन अन्य कुनैमा पाइँदैन । यो साँचो हो कि दुधबाट क्याल्सियम सहजै प्राप्त गर्न सकिन्छ तर यस्ता अन्य थुप्रै चिजहरु छन् जसमार्फत् क्याल्सियमको पूर्ती गर्न सकिन्छ ।’

न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा छापिएको एक शोधका अनुसार बलियो हड्डीका कारण दुध कुनै जादुको औषधीजस्तो होइन । जुन देशमा दुधको सेवन सबैभन्दा बढी गरिन्छ त्यहाँ पनि हड्डी भाँच्चिने दर बढी छ । यसको अर्थ यो होइन कि दुध मात्रै कम वा बढी पिउँदा हड्डीमा खासै कुनै असर पर्दैन । दुधबाहेक अन्य यस्ता अन्य चिज पनि छन् जसले हड्डीलाई बलियो बनाउँछ ।’

शोधका लेखक लुठविगका अनुसार उचाई बढेसँगै हड्डी भाँच्चिने खतरा पनि बढ्न थाल्छ । अनुसन्धानकर्ताका अनुसार दुधमा आवश्यक सबै पोषक तत्व पाइन्छन् तर यी पोषक तत्व अन्य चिजबाट पनि प्राप्त गर्न सकिन्छ । 

केही मानिसहरुलाई दुधसँग एलर्जी छ जसलाई ल्याक्टोस इनटलरेन्स भनिन्छ । यस्ता मानिसरु दुग्धजन्य पदार्थमा पाइने ल्याक्टोजलाई पचाउन सक्दैनन् र दुध पिएपछि उनीहरुलाई पेट फुल्ने वा दुख्नेजस्ता समस्या देखिन थाल्छ । 

शोधका अनुसार संसारका लगभग ६५ प्रतिशत जनसंख्यालाई ल्याक्टोससँग समस्या छ । बजारमा ल्याक्टोसरहित दुध पाइन्छ तर यस्ता मानिसहरुले आफ्नो खानामा सोया प्रोडक्ट र क्याल्सियमका अन्य स्रोत जस्तै सुन्तलाको जुस, तोफू र हरिया सागसब्जी समावेश गर्न सल्लाह दिन्छन् । 

दुध र रोगः

स्वास्थ्य विज्ञका अनुसार दुधको अत्यधिक मात्राले गम्भीर रोग बढाउन सक्छ । विशेषगरी गाईको दुध पिउँदा अत्यधिक सावधानी अपनाउनुपर्छ । 

शोधका लेखक विल्लेट र लुडविगले आफ्नो अनुसन्धानको समीक्षा गर्दा दुग्धजन्य पदार्थको अत्यधिक प्रयोगले पुरुषमा प्रोस्टेट क्यान्सर र महिलामा एन्ड्रोमेट्रियल क्यान्सरको खतरा बढ्ने गरेको पाए । यद्यपि, यसमा थप अनुसन्धान गर्न आवश्यक भएको बताइएको छ । 

मुटुरोग र उच्च रक्तचापः

फूल क्रिम मिल्कमा स्याचुरेटेड फ्याट र सोडियमको मात्रा बढी हुन्छ । यी दुई चिज मुटु र रक्तचापका लागि राम्रो मानिन्छ । अनुसन्धानकर्ताले यसको साटो लो फ्याट मिल्क पिउन र अन्य पोषक तत्वको भरपाई अन्य खानेकुराबाट गर्न सल्लाह दिन्छन् । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आवासीय चिकित्सकहरूको भत्ता बढाउन निजी मेडिकल कलेज सञ्चालक तयार
प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लैजाने मन्त्री पौडेल प्रतिबद्ध
स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौं : स्वास्थ्यमन्त्री पौडेल
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
यी हुन् काफलका फाइदा
सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सक अब निजी क्लिनिकमा संलग्न हुन नपाउने

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal