P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

किन लाग्छ बुढेसकालमा बिर्सने राेग ?यसका लक्षण र बच्ने उपाय

पाैष ५,बुधबार ।

कुनै मानिसको उमेर ६० वर्षभन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई ‘डिमेन्सिया’ नामक मानसिक रोग लागेको हुनसक्छ ।

यो रोग लागेपछि सम्झने, आफन्तजनलाई चिन्ने, उनीहरुको नाम सम्झने, सरसफाई, नुहाइधुवाई तथा दिसा–पिसाव गर्ने जस्ता पहिले गर्दै आएका महत्वपूर्ण काम गर्ने शक्ति क्षीण हुँदै जान्छ।

यो रोग प्रायः ६० वर्ष उमेरपछि मात्र लाग्छ र जति उमेर वढ्दै गयो डिमेन्सिया हुने सम्भावना बढ्दै जान्छ। प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना करिब १ प्रतिशत हुन्छ भने ९०–९५ वर्षकालाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ।

कुनै मानिसको उमेर ६० वर्षभन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई ‘डिमेन्सिया’ नामक मानसिक रोग लागेको हुनसक्छ । यो रोग लागेपछि सम्झने, आफन्तजनलाई चिन्ने, उनीहरुको नाम सम्झने, सरसफाई, नुहाइधुवाई तथा दिसा–पिसाव गर्ने जस्ता पहिले गर्दै आएका महत्वपूर्ण काम गर्ने शक्ति क्षीण हुँदै जान्छ।

यो रोग प्रायः ६० वर्ष उमेरपछि मात्र लाग्छ र जति उमेर वढ्दै गयो डिमेन्सिया हुने सम्भावना बढ्दै जान्छ। प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना करिब १ प्रतिशत हुन्छ भने ९०–९५ वर्षकालाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ।

यद्यपि, डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन, मस्तिष्कमा रोग लागेपछि हुने समस्या हो। मस्तिष्कमा रोग नलागेका ९० वा १ सय वर्षका वृद्धवृद्धामा पनि डिमेन्सियाका लक्षणहरु देखिँदैनन्। यो कुनै नयाँ रोग पनि होइन। आयुर्वेदमा ‘स्मृति भ्रंस’ भन्ने रोग ३ हजार वर्षभन्दा पहिलेदेखि नै छ, जसलाई मेडिकल साइन्सले डिमेन्सिया भन्ने गरेको हो।

मस्तिष्कले नयाँ कुरा सिक्ने र सम्झने, कुनै कुरालाई ध्यान दिएर सुन्ने र बुझ्ने, विचार गर्ने र समस्या परेमा समाधानको खोजी गर्ने, ठिक–वेठिक कुराको निर्णय लिने आदि काम गर्छ। त्यसैगरी, हिसाव गर्न सक्ने, आफू कुन ठाउँमा छु, कस्तो अवस्थामा छु, आफ्नो घर÷डेरामा कुन–कुन बाटोबाट र कसरी जान सकिन्छ भन्ने सम्झना राख्ने र आफूले भन्न खोजेको कुरा सही शब्द चयन गरी भन्न सक्ने क्षमता पनि मस्तिष्कमा हुन्छ।

तर, डिमेन्सिया रोग सुरु भएपछि यस रोगका लक्षणहरु विस्तारै देखिन थाल्छन् र अलिअलि गरेर बढ्दै जान्छ। रोग बढिसकेपछि यस्ता कार्यहरु मस्तिष्कले गर्न सक्दैन र विभिन्न लक्षण देखिन थाल्छ। डिमेन्सियाका लक्षणहरुडिमेन्सिया रोग लागेपछि मानिसमा विभिन्न किसिमका लक्षण देखिन्छन्ःड्ड गर्दै आएको काम बिगार्दै जाने र पछि गर्नै नसक्ने अवस्थामा पुग्ने।ड्ड परिवारका सदस्यको नाम सम्झन पहिले कुनै कठिनाई नहुने गरेकोमा रोग लागेपछि बिर्सिरहने र सम्झाए पनि एकैछिनमा बिर्सिने।

ड्ड पैसा, गरगहना, साँचो वा कागजपत्रहरु राखेको ठाउँ प्रायः जसो बिर्सिने र घन्टौं खोजी गर्नुपर्ने। तर कहिलेकाहीँ बिर्सने जोकोहीलाई पनि हुन सक्छ, यसलाई रोग मानिँदैन।०ड्ड समय तथा स्थानको ज्ञान हराउने। महिना, बार, गतेजस्ता कुराको सम्झना हराउने। आफू बस्दै आएको गाउँ, टोल, छिमेकको पनि सम्झना हराउँदै जाने। ड्ड रोग बढ्दै गएपछि भर्खरै खाना खाएको पनि बिर्सने र मलाई खानै दिएनन् भनेर कराउने र बारम्बार खाना माग्ने। ड्ड आफ्नै छोराछोरी, बुहारी नातिनातिनालाई नचिन्ने, हजुर, तपाईं भनेर सम्बोधन गर्ने।

आफ्नै परिवारका सदस्यलाई पनि नचिनेको मान्छे आयो, चोर हो किरु सामान चोरी गर्छ कि भनेर डराउने र आफ्नो सामान लुकाउने। आदि।ड्ड डिमेन्सियाका बिरामीमा देखिने सबै लक्षण एकैचोटि देखिँदैन। सुरुको अवस्थामा अलिअलि बिर्सन सुरु हुन्छ र रोग बढ्दै गएपछि थप लक्षणहरु बढ्दै जान्छ। डिमेन्सिया धनी, गरिब, महिला, पुरुष जुनसुकै जातजाति र भाषाभाषीका मानिसलाई हुन सक्छ। डिमेन्सिया रोग हो भन्ने बुझ्न नसक्दा हाम्रो समाजमा यसलाई बुढेसकालको लक्षण मान्ने गलत सोचाई व्याप्त छ।मानिसलाई किन यस्तो रोग लाग्छ भन्ने बारे विभिन्न अध्ययन, अनुसन्धान भएका छन्। डिमेन्सिया हुने कारणहरु धेरै छन्, तीमध्ये करिब ७० प्रतिशत बिरामीलाई ‘अल्जाइमर्स’ रोगका कारण हुने गरेको छ। अल्जाइमर्स एक प्रकारको डिमेन्सिया हो।

डिमेन्सिया हुन सक्ने अन्य कारणमा अत्यधिक मदिरा सेवन, एचआइभी÷एड्स, पोषण तत्वको कमी र मस्तिष्कमा रक्तसञ्चार राम्रो हुन नसक्नु आदि मुख्य हुन्। डिमेन्सिया रोग लागिसकेपछि उपचार गरेर पूरै निको हुने सम्भावना कम हुन्छ। डिमेन्सियाको निदान धेरैजसो डिमेन्सियाका बिरामीमा सुरुमा बिर्सने, आफूले गर्दै आएको काम गर्न कठिनाई हुने र रिसाउने लक्षणहरु देखिन्छन्।

यस्ता लक्षणलाई परिवारजनले बुढेसकाल लागेर होला भनेर सामान्य रुपमा लिन्छन्।  रोग निकै बढिसकेपछि मात्र चिकित्सकसँग सल्लाह लिने चलन छ।सुरुसुरुमै रोगको निदान हुन सके केही औषधिको प्रयोग गरेर रोकथामसम्म गर्न सकिन्छ। रोग बढिसकेपछि औषधिले रोकथाम गर्न सकिँदैन। त्यसैले रोगको निदान छिटो हुन सके राम्रो हो। परिवारले पनि डिमेन्सिया रोग लागेको जानकारी पाएपछि के–कसरी स्याहार–सुसार गर्न सकिन्छ भन्नेबारे ध्यान दिने वा तयारी गर्नुपर्छ।

रोगको निदान भनेकै बिरामीको सम्झना शक्ति ठिक छ कि छैन भनेर चिकित्सकले गर्ने परीक्षण हो। यसको निदान गर्दा अन्य कुनै रोगका कारण हो किरु भनेर खोजिनिती गर्नुका साथै रगत आदिको परीक्षण गर्ने गरिन्छ। उपचार गरेर निको हुने अन्य कुनै रोगका कारण सम्झना शक्तिमा समस्या परेको रहेछ भने उपचारपछि निको हुन्छ। अन्य कारणले होइन, डिमेन्सिया भएर नै स्मरणशक्ति हराउँदै गएको हो भने यकिन भएपछि बिरामीको स्याहार–सुसारमा ध्यान दिनुपर्ने कुराबारे जानकारी लिन तथा व्यवहार गर्न परिवारलाई सजिलो हुन्छ।

डिमेन्सियाको उपचारपोषणको कमीका कारण वा थाइरोइड ग्रन्थी सम्बन्धी रोगका कारण डिमेन्सिया भएको रहेछ भने उपचार सम्भव छ। तर, अन्य कारणले भएको डिमेन्सियाको उपचार छैन भने पनि हुन्छ। औषधि उपचार नहुने भएका कारण यस्ता बिरामीको हेरचाहमा परिवारले निकै कठिनाइ झेल्नुपर्ने हुन सक्छ। यद्यपि, यस्ता बिरामीका लागि केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। ड्ड व्यक्तिगत सरसफाई र खानपिन आदि साना बच्चाबच्चीलाई जस्तै गर्नुपर्ने हुन्छ।

ड्डअल्जाइमर्स रोग भएको मानिसमा ओमेगा–३ घटेको पाइन्छ। यो तत्व भटमासको तेल र माछाको तेलमा प्रशस्त पाइन्छ। शरीरमा यी तत्वको कमी हुन नदिँदा पनि केही हदसम्म रोगबाट बच्न सकिन्छ।स्वस्थ जीवनशैली अवलम्बन गर्दा डिमेन्सिया लगायत धेरै रोगबाट बच्न सकिन्छ, त्यसैले यसबारे युवावस्थादेखि नै ध्यान दिनु राम्रो हुनेछ।(डा उपाध्याय वरिष्ठ मनोचिकित्सक हुन्)

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आवासीय चिकित्सकहरूको भत्ता बढाउन निजी मेडिकल कलेज सञ्चालक तयार
प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लैजाने मन्त्री पौडेल प्रतिबद्ध
स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौं : स्वास्थ्यमन्त्री पौडेल
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
यी हुन् काफलका फाइदा
सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सक अब निजी क्लिनिकमा संलग्न हुन नपाउने

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal